Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सकाे लिलामी शेयर खुल्याे, कहिलेसम्मका लागि कति कित्ता खुल्याे ?

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, १३ : २७ मा प्रकाशित

सिर्जना फाइनान्सकाे लिलामी शेयर खुल्याे, कहिलेसम्मका लागि कति कित्ता खुल्याे ?

अर्थ संसार, काठमाडौं – सिर्जना फाइनान्सले लिलामी मार्फत शेयर बिक्री खुल्ला गरेको छ । २ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता शेयर सर्वसाधरण समूह गरी कूल ३ लाख २० हजार ७४२ कित्ता शेयर खुल्ला गरिएको हाे ।

कम्पनीले ६०% हकप्रद शेयर जारी गर्दा सबै बिक्री नभएपछि सोमबार (पुस ७ गते) देखि लिलामी प्रक्रियाबाट बिक्री खुल्ला गरिएको हो । 

उक्त लिलामी शेयरमा पुस १४ गतेसम्म आवेदन दिन पाइनेछ । यस शेयरमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नु पर्नेछ । शेयरका लागि सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट पनि आवेदन दिन सकिनेछ । सिर्जना फाइनान्सको विराटनगर, राजविराज शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको