अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अलबिलाद – एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरूलाई विभिन्न उपहारहरूको योजना सार्वजनिक गरेको छ ।
यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल – अल्बिलाद मोबाइल एप, अलबिलाद नेट, अलबिलाद ए. टि. एम., एन्जाज सेल्फ – सर्भिस मेसिन ,एनजाज पि.ओ.एस.,एन्जाज सेन्टरमा उपलब्ध छ ।
सो योजना अन्तर्गत ६ जना भाग्यशाली बिजेताहरूले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुनका सिक्का, ४५ जना ले सिटी म्याक्स को सपिङ भउचर र अन्य आर्कषक पुरस्कारहरू जित्न सक्नेछन् । यो योजना ३ महिनाको लागि (जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ ।
यस्तै, सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिँदै आइरहेको छ । एन्जाज र सिटि एक्सप्रेसबिच २०१७ देखि कारोबार सुचारू हुँदै आइरहेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस