Like us!
Follow us!
Connect us!
Watch us!

मेघा बैंकसँग मर्जरमा जान लागेको गण्डकी विकास बैंकको नाफा घट्यो

निशा हुमाँगाई

मंगलबार, २८ माघ २०७६, १३ : ५४ मा प्रकाशित

मेघा बैंकसँग मर्जरमा जान लागेको गण्डकी विकास बैंकको नाफा घट्यो

अर्थ संसार, काठमाडौं – गण्डकी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । मेघा बैंकमा गाभिन लागेकाे गण्डकी विकास बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा २४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा घटेकाे हाे । गत वर्षकाे यसै अवधिमा बैंकले २६ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ६६ करोड १४ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा १० करोड रुपैयाँले धेरै हो ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ३१ पैसा रहेकाे छ । 

यसैगरी, पुस मसान्तसम्ममा बैंककाे सञ्चालन नाफा पनि घटेर ३४ करोड ८८ लाख रुपैयाँ पुगेकाे छ । गत वर्ष यसै अवधिमा बैंककाे सञ्चालन नाफा ३७ करोड ३९ लाख रुपैयाँ रहेकाे थियाे । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5e4261914d771.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको