Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीमा पुन : खतिवडा नियुक्तसँगै शेयर बजारमा पहिरो

निशा हुमाँगाई

बुधबार, २१ फागुन २०७६, १४ : ५५ मा प्रकाशित

अर्थमन्त्रीमा पुन : खतिवडा नियुक्तसँगै शेयर बजारमा पहिरो

अर्थ संसार, काठमाडौं – अर्थमन्त्रीमा पुन युवराज खतिवडा नियुक्त भएसँगै पुँजी बजारमा पहिरो गएको छ ।  खतिवडा बुधबार (आज) पुन अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

मंगलबार १४.३७ अंकले  वृद्धि भएको शेयर बजार आज (बुधबार) फेरि राताम्मै भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले घटेकाे छ ।

बुधबार शेयर बजार ६८.४७ अंकले घटेर एक हजार ४४१.२० मा पुगेकाे छ ।नेप्सेको ४.५४ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अंकले घटेर ३०८.८७ मा पुगेको छ ।

कूल १७४ कम्पनीकाे ६७ लाख ७१ हजार १४१ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर घटेकाे छ ।

बुधबार बैंकिङ ६०.९७ अंक, व्यापार २.९७ अंक, हाेटल ८०.०४ अंक, विकास बैंक ७२.१४ अंक, जलविद्युत २९.९६ अंक, फाइनान्स १४.१ अंक, निर्जिवन लाइफ ४०६.९५ अंक, उत्पादन ८८.६७ अंक, अन्य २८.५ अंक,  माइक्राेफाइनान्स १४८.२५ अंक, लाइफ इन्स्योरेन्स ४५६.९६ अंक र सामूहिक लगानी कोष समूह ०.१२ अंकले घटेकाे छ ।

त्यस्तै, कारोबारका आधारमा आज पनि नेपाल लाइफ इन्स्याेरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको रु २६ करोड ६६ लाख ३२ हजार ८८१ बराबरको शेयर कारोबार भएकाे छ ।

        हेराैं आजकाे शेयर तालिका :

5e5f75b60e176.jpg 5e5f75b9f10ca.jpg 5e5f75bfdd2e8.jpg 5e5f75c3e5846.jpg 5e5f75c7bdc52.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको