Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरकाे हकप्रद र बोनस सुरक्षित गर्ने आज अन्तिम माैका, के-के छन् सभामा पारित गरिने एजेन्डा ?

निशा हुमाँगाई

विहीबार, २९ फागुन २०७६, ११ : ४१ मा प्रकाशित

अपि पावरकाे हकप्रद र बोनस सुरक्षित गर्ने आज अन्तिम माैका, के-के छन् सभामा पारित गरिने एजेन्डा ?

अर्थ संसार, काठमाडौं –  अपि पावर कम्पनी लिमिटेडकाे हकप्रद शेयर र लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम माैका रहेकाे छ ।

कम्पनीकाे १६औँ वार्षिक साधारण सभा चैत्र ७ गते कार्की ब्यांक्वेट, बबरमहल, बबरमहल, काठमाडाैंमा हुँदैछ । उक्त सभामा गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र  ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरीँदैछ । 

कम्पनीले, हाल कायम चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयर १ सय रुपैयाँ अंकित दरले १ करोड १९ लाख ७ हजार कित्ता साधारण शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयर)  को अनुपातमा ५६ करोड ७० लाख  रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

त्यस्तै, कम्पनीले सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि चैत १ गतेदखि ७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । शेयर दर्ता पुस्तिका बन्द भएको मिती भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज  लिमिटेडमा भएको कारोबारबाट कायम भएका शेयरधनीले मात्र हकप्रद शेयर लागि दरखास्त दिन पाउने कम्पनीले जनाएकाे छ । कम्पनीको शेयर फागुन २८ गते बुधबार १३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

उक्त सभामा कम्पनीले विदेशी लगानीलाई सहज बनाउनको लागि नियमावली तथा प्रबन्धपत्रमा संशोधन गरी अग्राधिकार शेयरसम्बन्धी व्यवस्था गर्ने प्रस्ताव समेत पेश गर्नेछ । त्यस्तै कम्पनीले गाभ्ने गाभिने सम्बन्धी व्यवस्था गर्न नियमावली संशोधन गर्नेछ ।

त्यसैगरी, कम्पनीको उक्त सभामा शेयरधनीहरुबाट ५ जना सञ्चालक निर्वाचन गरिनेछ । माथिल्लो चमेलिया जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट आवश्यक पर्ने कर्जा लिन सञ्चालकलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको