Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टले गर्याे लाभांश लिन आह्वान, कसरी लिने ?

निशा हुमाँगाई

विहीबार, २९ फागुन २०७६, १२ : २५ मा प्रकाशित

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टले गर्याे लाभांश लिन आह्वान, कसरी लिने ?

अर्थ संसार,काठमाडाैं - हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश पूर्जा तथा बाेनस शेयर लिन बाँकी आफ्ना शेयरधनीहरूलाई अत्यन्तै जरूरी सूचना प्रकाशन गरेकाे छ ।

कम्पनीले आर्थिक वर्ष २०७२/७३, आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७५/७६ काे नगद लाभांश पूर्जाहरू लगायत आर्थिक वर्ष २०७४/७५ काे बाेनस शेयर लिन बाँकी रहेका शेयरधनीहरूले आवश्यक कागजात सहित स-प्रमाण कम्पनीकाे शेयर रजिष्ट्रार ग्लाेबल आइएमई क्यापीटल लिमिटेड, जमल, काठमाडाैंमा निवेदन पेश गरी आफ्नाे लाभांश पूर्जा तथा बाेनस शेयर लिन आग्रह गरेकाे छ ।

त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७४/०७५ को बोनस शेयर सिधै हितग्राही खातामा जम्मा हुने र नगद लाभांश हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा आईपीएस मार्फत जम्मा भइरहेको हुँदा हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e69dce75edda.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको