Like us!
Follow us!
Connect us!
Watch us!

प्रमुख प्रतिपक्षी दलको अवरोधपछि तेस्रो दिन बैठक स्थगित

शुक्रबार, ३० फागुन २०७६, १४ : ४० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दलको अवरोधपछि तेस्रो दिन बैठक स्थगित

अर्थ संसार, काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि गण्डकी प्रदेशसभाको  बैठकस्थगन भएको छ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध गराएको हो ।

त्यस्तै, बैठक शुरु हुनासाथ काँग्रेसका  सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि आगामी चैत २ गते अपराह्न १ बजेसम्मका लागि स्थगन गरे । 
    
त्यसैगरी, काँग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्यविधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसदको इच्छानुसार गर्न लागेको जनाउँदै उनले  आफूहरूले त्यसको विरोध गरेको बताए । आफूहरूका माग सम्बोधन नहुँदासम्म काँग्रेसले प्रदेशसभा अवरोध जारी राख्ने उनको भनाइ थियो । - रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको