अर्थ संसार, काठमाण्डौं - चीनका एक १०३ वर्षीय व्यक्तिले प्राणघातक भाइरस कोरोना (कोभिड १९) लाई जित्न सफल भएका छन् । चीनका झाङ गुवाङफेन नाम गरेका ती वृद्धाले कोरोना माथि विजय प्राप्त गरेकी हुन् । अहिले उनी चीनमा कोरोनाबाट मुक्त हुने सबैभन्दा पाको उमेरका व्यक्ति भएका छन् ।
झाङ कोरोना लागेको एक हप्तामै घर फर्केकी थिए । उनलाई गत शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यो भन्दा पहिले १ सय १ वर्षका व्यक्ति कोरोनाबाट प्रभावित हुने मुक्त हुने सबै भन्दा बढी उमेरका व्यक्ति थिए । तर झाङ गुवाङफेन प्रभावित बाट मुक्त भएपश्चात ती १ सय १ वर्षका व्यक्ति कोरोना प्रभावित भएर बाँच्न सफल हुने दोस्रो व्यक्ति भए ।
त्यस्तै, उनलाई अन्य धेरै रोग नभएकाले १ साता भन्दा कम अवधिमा घर फर्काइएको उनका चिकित्सक जेङ युलानले स्थानीय सञ्चारमाध्यमहरुलाई बताका थिए । उनलाई मार्च १ मा कोरोना भाइरस लागेको पुष्टि भएको थियोे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस