Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा नेपाल टेलिकमकाे अफर नै अफर

निशा हुमाँगाई

विहीबार, २० चैत्र २०७६, १४ : ४८ मा प्रकाशित

लकडाउनमा नेपाल टेलिकमकाे अफर नै अफर

अर्थ संसार, काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले महामारीकाे समयमा आफ्ना ग्राहकहरूलाई थप सुविधा पुर्याउने हिसावले विभिन्न नयाँ सेवाहरू सञ्चालनमा ल्याएकाे छ ।

आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषदको बैठकले लक डाउनका बेलामा दूरसञ्चारका सेवामा २५ प्रतिशतका दरले छुट दिनुपर्ने निर्णय गरे अनुसार टेलिकमले चैत्र २० गतेदेखि २६ गतेसम्मका लागि लागु हुने गरी विभिन्न छुट तथा बोनस योजनाहरू सार्वजनिक गरेको हाे । 

टेलिकमले सार्वजनिक गरेकाे याेजनाहरू यस प्रकारकाे छ : 

१. जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुट दिने :

 (जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित क्रमशः ९० पैसा र ५१ पैसा शुल्क लाग्नेछ)

२. जीएसएम सेवामा डाटा प्याक​ उपलब्ध गराउने :

 (पहिलो प्याकेज अन्तर्गत १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस डाटा उपलब्ध दिने र दोस्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी बाेनस डाटा दिने)

 ३. १ सय रुपैयाँमा बोनससहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनससहित कुल १० जीबी डाटा प्राप्त गर्न सकिने

४. कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने​

(पहिलो प्याकेजमा एक दिनका लागि ४० मिनेटको भ्वाइस प्याक २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस प्राप्त हुने र दोस्रो प्याकेजमा ७ दिनका लागि १९० मिनेटको भ्वाइस प्याक १ सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस दिने)

५. आफ्नो ल्यान्डलाइन सेवामा फागुन र चैत महिनामा लाग्ने जरिवाना वैैशाख मसान्तसम्मका लागि मिनाहा गर्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको