Like us!
Follow us!
Connect us!
Watch us!

थप १ जना कोरोना संक्रमित : ६ पुग्यो संक्रमित

निशा हुमाँगाई

विहीबार, २० चैत्र २०७६, १७ : ३१ मा प्रकाशित

थप १ जना कोरोना संक्रमित : ६  पुग्यो संक्रमित

अर्थ संसार, काठमाडौं - अर्थ संसार, काठमाडौं कोरोना भाइरसको सङ्क्रमण थप अर्को एक जनामा भेटिएको छ । याे सँगै नेपालमा कोभिड–१९ सङ्क्रमितकाे संख्या ६ जना पुगेकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।

छैटाैँ काेराेना संक्रमित पनि चैत्र ४ गते  कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ मार्फत नेपाल आएका थिए । संक्रमितकाे बारेमा अन्य विवरण भने हालसम्म आएकाे छैन । 

पहिलो कोरोना सङ्क्रमित व्यक्ति भने उपचारपछि ठिक भएर घर फर्किसकेका छन् ।

दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीया युवती छिन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आएका थिए । उनीकाे चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

त्यस्तै, तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बाग्लुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।

डा.देवकोटाले आजसम्म कूल एक हजार १८४ मा परीक्षण गरिएको जानकारी दिएका छन् । उनले विभिन्न अस्पतालमा पनि स्वाब लिइरहेको जनाउँदै सैनिक अस्पतालले १७ जनाभन्दा बढीको स्वाब लिएको बताएका छन् । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण भइरहेको जानकारी दिए ।

उनले बुटवल, सुर्खेत, हेडाैँडा र धनगढीमा मेशिन जडान कार्य भइसकेको र परीक्षण हुने क्रममा रहेको बताएका छन् । जनकपुरमा भने जडान कार्य सम्पन्न भइसकेको छ । आइसोलेसनमा आजसम्म देशभरिमा १०५ जना उपचारत रहेका छन् । जसमा उपत्यकामा १६ र बाँकी उपत्यकाबाहिर उपचारत छन् । उनका अनुसार कल सेन्टरमा गत २४ घण्टाभित्र दुई हजार ७५९ फोन सम्वाद गरेको छ । त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिई खरिदलगायतका विषयमा प्रश्न गरेको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको