Like us!
Follow us!
Connect us!
Watch us!

पासपोर्ट जति दलालको कब्जामा, नयाँ बनाउन मात्रै दुई अर्ब बढी खर्च

शुक्रबार, ०४ चैत्र २०७३, १७ : ३७ मा प्रकाशित

पासपोर्ट जति दलालको कब्जामा, नयाँ बनाउन मात्रै दुई अर्ब बढी खर्च

अर्थ संसार 
काठमाडौं– हराएको राहदानी बनाउन कति खर्च लाग्ला ? जिल्ला प्शासन कार्यालयबाट बनाए रु पाँच हजार, राहादानी  विभागबाट बनाए रु दश हजार र विदेशस्थित कुटनीतिक निकायबाट बनाए  ५० डलर खर्च लाग्छ । 

तर हराएको राहादानी बनाउन मात्रै नेपाली नागरिकले हालसम्म रु दुई अर्ब बराबरको रकम खर्च गरिसकेको तथ्य फेला परेको छ । नेपालमा पासपोर्ट हरायो भन्दै नयाँ पासपोर्ट बनाउनेहरुको संख्या बढेको कारण पनि खर्चको मात्रा बढेको हो ।

राहादी विभागकाअनुसार  सन् २०११ देखि सन् २०१७ को जनवरीसम्ममा आइपुग्दा झण्डै १ लाख ८५ हजार ८ सय ७२ जना नेपालीले राहदानी हराएको भन्दै नयाँ बनाउन निवेदन दिएका छन् । यसरी प्रतिलिपी पासपोर्ट लिनकै लागि मात्रै नेपालीले साढे २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको तथ्य भेटिएको छ । 

हराएको राहानी बनाउन भने जिल्लामा थप ५ हजार, विभागमा पनि थप ५ हजार र नियोयमा बनाउँदा ५० डलर जरिवान लाग्छ ।नेपालमा मात्रै जिल्ला प्रसाशन कार्यालयबाट सोही अवधिमा ८२ हजार ४ सय ३० जनाले १० हजारका दरले पुनः प्रतिलिपी राहदानी  लिएका छन् ।

यस वापतमात्रै नेपालीको रु ८२ करोड ४३ लाख खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यसैगरी राहदानी विभागबाट रु १५ हजार तिरेर ८४ हजार ५ सय ८४ जनाले नयाँ राहदानी लिएका छन् ।यसरी प्रतिलिपी राहदानी लिँदा मात्रै रु १ अर्ब २८ करोड ८७ लाख ६० हजार खर्च भएको देखिन्छ ।

यसैगरी सोही अवधिमा १८ हजार ८ सय ५८ जनाले १ सय ६० डलर खर्च गर्दै विश्वका विभिन्न देशमा नियोगबाट पासपोर्टको प्रतिलिपी लिएका छन् । यसमा पनि नेपाली नागरिकको रु ३१ करोड ९८ लाख ३१ हजार ६ सय ८० खर्च गरेको देखिन्छ ।सबै रकमलाई एकमुष्ट गर्दा करिब २ अर्ब ४२ करोड रुपैयाँ हुन आउँछ ।

हराएका भनिएका करिब शतप्रतिशत राहदानी म्यानपावर कक्पनीको दाराजमा थन्किएको र उनीहरुले राहदानी बाहकलाई नदिने गरेको पाइएको छ । राजधानी र राजधानी बाहिरका म्यानपावर कम्पनी र दलालको घर कोठा खानतलासी गर्ने हो भने हराएका भनिएका मध्ये ७५ प्रतिशत भन्दा बढी राहदानी फेला पर्ने बताइएको छ । 

यो पनि पढ्नुहोस्

तयार भएर बस्नुहोस्, राधी हाइड्रोकोे चार करोड बराबरको सेयर आउँदैछ 

नियमित विद्युत पाएपछि सिमेन्ट उद्योगको  नाफा ह्वात्तै बढ्यो

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओ : ३ दिनमा १० अर्ब माग्दै ७२ हजार आवेदन

अप्रत्यासित रुपमा घट्यो विद्युत् माग

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको