Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युतको फ्री सेयर मागेर तोडफोड हुँदैछ,यसको प्रधानमन्त्रीले जिम्मा लिने कि नलिने ? - इप्पान

अर्थ संसार

बुधबार, २९ असोज २०८२, १४ : ०२ मा प्रकाशित

जलविद्युतको फ्री सेयर मागेर तोडफोड हुँदैछ,यसको प्रधानमन्त्रीले जिम्मा लिने कि नलिने ?  -  इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरूमा निशुल्क सेयर माग गर्न थालिएको बताएका छन् । बुधबार आयोजित इप्पानको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन्।

'थुप्रै आयोजनामा फ्री सेयर माग्न थालिएको छ। आयोजनामा तोडफोड हुन थालेको छ। यसको जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने ?' कार्यक्रममा अध्यक्ष कार्कीले प्रश्न गरे।

उनले भोटेकोशीको घटनापछि अराजकता बढेको गुनासो गरे। ऊर्जा उत्पादकहरूको समस्या नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नसुनेको भन्दै उनले असन्तुष्टि जनाए।आईपीओ ल्याउन नपाउँदा जलविद्युत् आयोजनाहरू समस्या झेलिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

उनले भने,'हामी अदालतदेखि अख्तियारसम्म जानु पर्ने स्थिति आएको छ। आन्दोलन पनि गर्नु परे,गर्छौं।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको