Like us!
Follow us!
Connect us!
Watch us!

वित्तिय साक्षरतामा ध्यान दिन आग्रह

शनिबार, ०५ चैत्र २०७३, १० : २२ मा प्रकाशित

वित्तिय साक्षरतामा ध्यान दिन आग्रह

अर्थ संसार 
काठमाडौं– गरिबीको रेखामुनी रहेकाको जीबनस्तर उकास्न सञ्चालनमा  रहेका संघ÷संस्थाले वित्तिय साक्षरतामा विशेष योजना बनाएर अगाडि बढ्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 
राजधानीमा जारी लघुवित्त सम्मेलन अन्तिम दिन शुक्रबार सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सक्षमका सुमन ढकालले वित्तिय साक्षरता बढाउन सके मात्र लघुवित्तले आफ्नो लक्षमा सफल हुन सक्ने बताउनु भयो । उहाँले आफ्नो प्रस्तुतीमा भन्नुभयो ‘२० लाखलाई सेवा पु¥याएको लघुवित्त कार्यक्रममा अब वित्तिय साक्षरताको आबश्यकता छ । त्यसकालागि आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्छ ।’ 

उहाँले वित्तिय साक्षरता भएपछि सर्बसाधारणको व्यवहार, दैनिक गतिविधिमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो,‘वित्तिय साक्षरतासंगै प्रविधिलाई बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।’ उहाले मोवाईल, रेडियो र टेलिभिजनजस्ता सञ्चारमाध्यमको प्रयोग गरेर वित्तिय साक्षरता बढाउनुको विकल्प नभएको बताउनुभयो । 

उहाले लघुवित्तकै माध्यमबाट ३२ वटा संस्थाले चलाएको कार्याक्रमबाट १ लाख ११ हजार जना सर्बसाधारणमा लाभ पुगेको जानकारी दिनुभयो । यस्तो संख्या ३ लाख पु¥याउने लक्ष रहेको उहाँले बताउनु भयो । नेपालको वित्तीय क्षेत्रको विकास एक शताब्दी लामो भएपनि ग्रामीण तहसम्म नपुगेकाले साक्षरता पुर्याउने काममा लघुवित्त सञ्चालकहरु लाग्नु पर्ने उहाँले सुझाव दिनुभयो । 

हाल राष्ट्र बैंकमा रहेका लघुवित्त ऐनलाई तत्काल कार्यान्वयनमा ल्याउनु पर्नेमा समेत सरोकारवालाले जोड दिएका छन् । २०४० को दसकको उदारवादी सोचले नेपालको बैंकिङ क्षेत्रमा ल्याएको चेतना र विकासका कारण देशमा लघुवित्तको अबधारणाले जन्म लिएको नेपाल राष्ट्र बैंक सुपरभिजन प्रमुख उपेन्द्रकुमार पौडेलले बताउनुभयो । उहाँले वित्तिय साक्षरताबाट मात्र दैनिक गतिविधिमा परिवर्तन गर्न सकिने बताउनुभयो । 

वित्तीय जागरण र संख्यात्मक वृद्धिसँगै आएको यस क्षेत्रको विकासलाई स्थायित्व प्रदान गर्न नियमन, निरीक्षण तथा सुपरिवेक्षणलगायत संस्थागत सुशासनमा जोड दिन आवश्यक देखिएको पौडेलले बताउनुभयो । नेपाल जस्तो वित्तीय साधन, स्रोत, ज्ञान र प्रविधिको कमी भएको तथा पूर्वाधारको समेत विकास नभएको मुलुकमा गरिबी रेखामुनी रहेकालाई वित्तिय साक्षरता दिएर अगाडि बढ्न थप चुनौती रहेको सहभागीहरुले बताएका थिए । 

कार्यक्रममा कम्बोडियन नागरिक जेम्ली कम्ल्पीट, हेलेन शेर्पा, महेन्द्र शाही, फनीलाल चौधरीलगायतले वित्तीय साक्षरता अभिबृद्धिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताउनु भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको