Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना उपचारका लागि महालक्ष्मी विकास बैंककाे ५० लाख आर्थिक सहयोग

निशा हुमाँगाई

विहीबार, २७ चैत्र २०७६, ११ : १६ मा प्रकाशित

कोरोना उपचारका लागि महालक्ष्मी विकास बैंककाे ५० लाख आर्थिक सहयोग

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID 19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाखको रूपैयाँकाे आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैकले संघीय सरकारलाई १२ लाख रूपैयाँ, प्रत्येक प्रदेश सरकारलाई ४ लाख रूपैयाँका दरले २८ लाख  रूपैयाँ र विभिन्न स्थानिय क्षेत्रहरूमा १० लाख  रूपैयाँ सहयोग गर्ने भएको हो ।

बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरूमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरूमा शाखाहरूसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरूको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरूलाई पनि बचाउन अनुरोध गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको