Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना काेषमा सन नेपाल लाइफ इन्स्योरेन्सकाे ३० लाख सहयाेग

निशा हुमाँगाई

आइतबार, ३० चैत्र २०७६, १४ : २९ मा प्रकाशित

कोरोना काेषमा सन नेपाल लाइफ इन्स्योरेन्सकाे ३० लाख सहयाेग

अर्थ संसार, काठमाडौं - नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरू बाट १९ लाख १ हजार रूपैयाँ एवं कम्पनीको तर्फबाट ११ लाख  रूपैयाँ गरि जम्मा ३० लाख १ हजार रूपैयाँ सहयोग राशी योगदान गरेको छ ।

उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमल राज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद सिंहदरबारमा हस्तान्तरण गरिएकाे हाे ।

यसबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरूको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ । यस विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहन कम्पनीले सबैमा हार्दिक अनुरोध गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको