Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस र सेल पेबिच रेमिटान्स कारोबार सुरू

निशा हुमाँगाई

मंगलबार, ०२ बैशाख २०७७, ११ : ५० मा प्रकाशित

सिटी एक्सप्रेस र सेल पेबिच रेमिटान्स कारोबार सुरू

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर  र सेल पे  (Cell Pay) बिच रेमिटान्स कारोबार सुरू भएको छ ।

सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पे (Cell Pay)  का तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरूले वेब र मोबाइल एप  प्रयोग गरी सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढि एजेन्टहरू मार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् । यसका लागी मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम  सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ । सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी लगायतका सेवाहरू गर्न सकिन्छ ।

 सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरूबाट ७५०० भन्दा बढी नेपालको एजेन्टहरू मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको