Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि (भिडियाेसहित)

निशा हुमाँगाई

बुधबार, १० बैशाख २०७७, १६ : ५२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । उनीहरू तीनै जना उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के बस्तीका हुन् । 

याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुगेको छ । हालसम्म ७ जना भने निकाे भएर घर फर्किसकेका छन् । अन्य व्यक्तिकाे विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको