अर्थ संसार, काठमाडौं - आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ११ बजेबाट मन्त्रिपरिषदको बैठक हुँदैछ ।
बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएकाे लकडाउन र सरकारले हालै ल्याएका दुई अध्यादेशका विषयमा छलफल गरिनेछ । बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को काम–कर्तव्य, अधिकार, कार्यविधिसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने सम्भावना रहेको स्रोतले जानकारी दिएकाे छ ।
अध्यादेशका विषयमा चारैतिरबाट विराेध भइरहेकाे छ । त्यस्तै, पार्टी फुटाउने उद्देश्यका साथ ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई उत्तीकै दबाब रहेकाे छ ।
त्यस्तै, अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट समेत विरोध भइरहेकाे हुनाले प्रधानमन्त्री ओलीले आकस्मिक बैठक आह्वान गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस