Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सले आइपीओ निष्कासन गर्दै, कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, १२ बैशाख २०७७, १० : ०५ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सले आइपीओ निष्कासन गर्दै, कति कित्ता ?

अर्थ संसार, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीकाे गत माघ २४ गते सम्पन्न भएकाे वार्षिक साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिएकाे थियाे । यसैगरी, उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलसँग नियुक्ती सम्बन्धी सम्झौता भइसकेको कम्पनीले जनाएकाे छ ।

यस्तै, कम्पनीले निष्कासन गर्न लागेकाे उक्त आइपीओलाई केयर रेटिङ नेपालले एनपी बीबी प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्दछ । 

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला प्रक्रिया सुरु हुनेछ । चालू आर्थिक वर्षभित्रै आईपीओ जारी गरिसक्ने लक्ष्य सहित प्रक्रिया अघि बढेको कम्पनीले बताएको छ ।

त्यस्तै, ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको चुक्ता पूँजी आइपीओ निष्कासन पश्चात एक अर्ब रुपैयाँ पुग्ने छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको