Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीहरूको कोराेना विरूद्ध बीमा

निशा हुमाँगाई

आइतबार, १४ बैशाख २०७७, १६ : १८ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीहरूको कोराेना विरूद्ध बीमा

अर्थ संसार, काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना (कोभिड–१९) माहामारीको विरूद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई १ लाख रूपैयाँको बीमालेख प्रदान गरेको छ ।

अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण  कर्मचारीहरूलाई यो सुविधा उपलब्ध गरेको हो । उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरूको लागी भनेर निर्जीवन बीमा कम्पनी, श्री शिखर इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो ।

बीमा समितिद्वारा कोरोनाभाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमालेख जारी भएपछि  सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने विषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । यस बीमालेखले कर्मचारीहरूलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ ।

सिटिजन लाइफ सदैव आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आवद्ध लिडरहरूको सेवा र क्षमता वृद्धी विकाससा अग्रणी भूमिकामा रहदै आएको छ। यसको साथै कम्पनीले ग्राहकलाई  बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि Fone Pay मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको