Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकका ग्राहकलाई विशेष छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

निशा हुमाँगाई

आइतबार, १४ बैशाख २०७७, १७ : ०३ मा प्रकाशित

मेगा बैंकका ग्राहकलाई विशेष छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

अर्थ संसार, काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ । 

मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवा दिने तथा औषधि पुर्याउने भएको हो । मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरूले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएका छन् । 

इजी केयरको वेभसाइट, टेलिफोन नम्बरहरू ९८६०९८०९९९, ९८६०९८०७७७ तथा भाइबर र ह्वाट्सएप मार्फत ग्राहकहरूले इजी केयरलाई सम्पर्क गर्न सक्नेछन् । 

देशव्यापी लकडाउनका कारण बिरामीहरूलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले इजी केयरसँग सम्झौता गरिएकाे मेगा बैंकले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको