Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै सिटिजन्स बैंक : खुद नाफा १ अर्ब नाघ्यो

निशा हुमाँगाई

मंगलबार, १६ बैशाख २०७७, १२ : ५० मा प्रकाशित

नाफामा अब्बल बन्दै सिटिजन्स बैंक : खुद नाफा १ अर्ब नाघ्यो

अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २ दशमलव ०२ प्रतिशत धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ६ करोड ९६ लाख १ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ७ दशमलव ५४ प्रतिशत धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले २ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८७ पैसा रहेकाे छ । बैंककाे प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७७ पैसा रहेकाे छ । 

त्यसैगरी, तेस्रो त्रैमाससम्ममा बैंकले सञ्चालन नाफा २.१२ प्रतिशतले बढाएर १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ पुर्याएकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ea7d87fa1ab5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको