Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप २ जनामा काेराेना संक्रमण : संक्रमितको संख्या ५४ पुग्यो

निशा हुमाँगाई

मंगलबार, १६ बैशाख २०७७, १२ : २३ मा प्रकाशित

नेपालमा थप २ जनामा काेराेना संक्रमण : संक्रमितको संख्या ५४ पुग्यो

अर्थ संसार, काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना भाइरसकाे सङ्क्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहट जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमण देखिनेमा एकजना भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष हुन् । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटिभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

अर्का संक्रमित देवाही गोनाही १ का ३५ वर्षका पुरुष रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको