Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफले डिजिटल माध्यमबाट सेवा दिँदै

निशा हुमाँगाई

विहीबार, १८ बैशाख २०७७, १५ : २२ मा प्रकाशित

नेशनल लाईफले डिजिटल माध्यमबाट सेवा दिँदै

अर्थ संसार, काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अवधिमा पनि बीमितहरूलाई डिजिटल माध्यमबाट विविध बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

सोही अनुसार यस अवधिमा कम्पनीले पूर्णावधि दावी (Maturity Claim) वापत १ कराेड ८४ लाख ४१ हजार ९ सय ८५ रूपैयाँ रकम बीमितलाई भुक्तानी गरेको छ । 

यसैगरी, कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ । 

कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरूको कोरोना (कोभिड १९) रोग बापत एक वर्षको लागि बीमा गरेको छ । सो रोग लागेको पि.सि.आर. प्रविधिबाट प्रमाणित भएमा तुरून्त बीमाङ्क रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसबाट कम्पनीमा कार्यरत कर्मचारीहरूको मनोबल उच्च हुने र व्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको