Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थानका सञ्चालक तथा कर्मचारीद्वारा कोरोना कोषमा आर्थिक सहयाेग

निशा हुमाँगाई

विहीबार, १८ बैशाख २०७७, १६ : ४० मा प्रकाशित

राष्ट्रिय बीमा संस्थानका सञ्चालक तथा कर्मचारीद्वारा कोरोना कोषमा आर्थिक सहयाेग

अर्थ संसार, काठमाडौं - राष्ट्रिय बीमा संस्थानका सञ्चालक तथा कर्मचारीहरू मिलेर काेराेना काेषमा आर्थिक सहयाेग प्रदान गरेका छन् । 

सञ्चालकहरूको तर्फबाट एक दिनको बैठक भत्ता, मुख्य व्यवस्थापक र सो भन्दा माथिका कर्मचारीहरूको शुरू तलब स्केलको सात दिन, व्यवस्थापक, सह–व्यवस्थापक, नायब व्यवस्थापक र सहायक व्यवस्थापक तहका कर्मचारीहरूको शुरू तलब स्केलको पाँच दिन, सहायक “क”, सहायक “ख” र कार्यालय सहयोगी, सवारी चालकहरूको तलब स्केलको तीन दिन बराबरको तलब बापत जम्मा ६ लाख रूपैयाँ सहयाेग गरिएकाे हाे । 

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण हुने संक्रमणको रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा आज उक्त रकम प्रदान गरिएकाे हाे ।

 त्यस्तै, संस्थानको तर्फबाट उक्त कोषमा यस अघिनै १ करोड रूपैयाँ जम्मा गरि सकेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको