Like us!
Follow us!
Connect us!
Watch us!

कलेज अफ मेडिकल साइन्सद्वारा सुरक्षा सामाग्री प्रदान

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, १६ : ०१ मा प्रकाशित

कलेज अफ मेडिकल साइन्सद्वारा सुरक्षा सामाग्री प्रदान

अर्थ संसार, काठमाडौं - कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज), भरतपुरले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ ।

आज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाग्री प्रदान गरिएको वरिष्ठ प्रबन्धक न्यौपानेले बताएका छन् । उनका अनुसार प्रहरीलाई ४ हजार ४ सय थान ग्लोब्स, दुई सय थान सर्जिकल मास्क, प्रदान गरिएको हो । आगामी दिनमा पनि मेडिकल कलेजले आवश्यकता अनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराइने उनले बताए ।

यस्तै, महालक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३ सय थान कपडाको मास्क प्रदान गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको