Like us!
Follow us!
Connect us!
Watch us!

वीरगन्जमा थप एक जनामा काेराेना संक्रमण, संक्रमितको संख्या ६० पुग्याे

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, १६ : ०२ मा प्रकाशित

वीरगन्जमा थप एक जनामा काेराेना संक्रमण, संक्रमितको संख्या ६० पुग्याे

अर्थ संसार, काठमाडौं -  वीरगन्जमा आइतबार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

याे सँगै नेपालमा संक्रमितको संख्या ६० पुगेको छ ।

त्यसैगरी, यसअघि वैशाख १७ गते वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा, वैशाख १४ गते वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय पुरूष र वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको