Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट एक नेपालीको मृत्यु

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, ०९ : १९ मा प्रकाशित

कोरोनाबाट एक नेपालीको मृत्यु

अर्थ संसार, काठमाडौं - कोरोनाबाट बेलायतमा सोमबार फेरि एक नेपालीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा समाजसेवी नारायण कोन्मे गुरूङ रहेका छन् । याे सँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुने नेपालीकाे संख्या ३५ पुगेकाे छ । 

उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिएका छन् । 

पर्वत चारभञ्याङमा जन्मिएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए । पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए । उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गरेका थिए । स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए ।

त्यसैगरी, बेलायतमा असल समाजसेवीका रूपमा चिनिएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए । उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन् । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आइरहेका थिए । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको