Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकद्वारा कोरोना रोकथामका लागि १ कराेड सहयाेग

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, १३ : ४४ मा प्रकाशित

लक्ष्मी बैंकद्वारा कोरोना रोकथामका लागि १ कराेड सहयाेग

अर्थ संसार, काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथामका लागि एक कराेड रूपैयाँ सहयाेग गर्ने भएकाे छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ३० लाख रूपैयाँ र बाँकी ७० लाख रूपैयाँ सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाखका दरले जम्मा गर्ने निर्णय गरिएकाे बैंकले जनाएकाे छ । 

यस संकटको उक्त सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग तथा महामारीको फलस्वरुप नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रुपमा प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने बैंकले आशा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको