Like us!
Follow us!
Connect us!
Watch us!

५ करोड नाफा रहेकाे आरएसडीसी लघुवित्तकाे चुक्ता पूँजी कति ?

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, ११ : १८ मा प्रकाशित

५ करोड नाफा रहेकाे आरएसडीसी लघुवित्तकाे चुक्ता पूँजी कति ?

अर्थ संसार काठमाडाैं - आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड ४३ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २६.९९ प्रतिशत अर्थात १ करोड १५ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड २८ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड ६१ लाख ७१ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा १५.२४ प्रतिशत अर्थात १ करोड २७ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ८ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि २९.६८ प्रतिशत अर्थात १ करोड ९१ लाख रुपैयाँले बढेर ८ करोड ३८ लाख ४९ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ६७ करोड १५ लाख रुपैयाँ, जगेडा कोषमा १२ करोड २० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १० रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १८ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb4ef7d3f5bf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको