Like us!
Follow us!
Connect us!
Watch us!

भारतसंग इनर्जि बैकिंङ्ग गर्ने कुरा कता हरायो ?

मिलन खड्का

शनिबार, २७ बैशाख २०७७, १२ : ३३ मा प्रकाशित

भारतसंग इनर्जि बैकिंङ्ग गर्ने कुरा कता हरायो ?

अर्थसंसार समाचारदाता

अर्थ संसार, काठमाडौं- विद्युत एक यस्तो बस्तु हो जो उत्पादन हुनासाथ उपभोग गर्नु पर्दछ । विद्युत संचय गरेर राख्न सकिन्न । विद्युत उत्पादन र खपतको परिमाणमा तल माथि हुन्छ । उत्पादन बढी भएर खपत कम भएमा विद्युत फाल्नु पर्दछ भने उत्पादनभन्दा माग बढी भएमा लोडसेडिंङ्ग  गर्नु पर्दछ  ।

देशमा विद्युत आवस्यकता भन्दा अधिक वा नपुग हुन्छ । नेपालमा विद्युत न्यून भएको बेला भारतको उर्जा बजारबाट आयात गरी देशको मागको परिपुर्ति गरिदै आएको छ । भारतको टनकपुर, कटैया तथा लोडसेडिंङ्ग सभस्टेशनबाट ठुलो परिमाणमा विद्युत आएकोले नेपालमा लोडसेडिंग गर्नु परेन ।

बिस्तारै स्वदेशमा विद्युतको उत्पादन बढन थालेपछि अहिले नेपालमा विद्युतको अधिक्य हुन थालेको छ । नेपालमा बर्षातका महिनाहरुमा अधिक उर्जा उत्पादन हुने र हिउँदका महिनाहरुमा विद्युतको अभाव हुने गरेको छ । अहिले रातीको समयमा विद्युतको माग कम हुने हुँदा विद्युत खेरफाल्नु परिरहेको छ ।  

यो समस्याको तत्कालिन समाधानका लागी नेपाल भारत बीच ईनर्जि बैंकिंगको आवधारणा अघि ल्याईएको थियो । हाम्रो सोचाई रहेको थियो कि नेपालले आफुसंग बढी भएको विद्युत भारत पठाउने र नपुग भारतबाट ल्याउने र ल्याएको र पठाएको बीचको अन्तर बरावारको रकम भुक्तान गरेर हिसाव मिलान गर्ने र नेपालमा Spill Energy को समस्या उत्पन्न हुन नदिने भन्ने रहेको थियो ।

यसबारेमा नेपाल र भारतका अधिकारीहरुका बीच धेरै चरणमा कुराहरु भएका थिए तर काम भने हुन सकेको देखिदैन । के कारणले यो इनर्जि बैंकिंङ्गको कुरा आयो र सेलायो वा किन यो काम भएन यसबारे उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सत्य तथ्य कुरा बाहिर ल्याउन जरुरि छ । 

आजका दिन नेपालमा रातको समयमा ठुलो परिमाणमा विद्युत खेर गईरहेको र यसबाट ठुलो परिमाणमा विद्युत नोक्सान भईरहेको र आगामी दिनहरुमा यो क्रम अझ बढने हुँदा यो समस्याको समाधानका लागी सरकारको ध्यान आकर्षित गरिन्छ । रातीको समयमा विद्युतको खपत बढाउन उद्योगहरुलाई विजुलीको महसूलमा सहुलियत दिने तथा पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण गर्नु पर्ने आवष्यकता छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको