Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै स्वावलम्बन लघुवित्त : खुद नाफा ३० करोड नाघ्यो

निशा हुमाँगाई

आइतबार, २८ बैशाख २०७७, १४ : ४६ मा प्रकाशित

नाफामा अब्बल बन्दै स्वावलम्बन लघुवित्त  : खुद नाफा ३० करोड  नाघ्यो

अर्थ संसार काठमाडाैं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३० करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा  ६.०४ प्रतिशत अर्थात १ करोड ७२ लाख रूपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २८ करोड ५५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८१ करोड २८ लाख ९३ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे तुलनामा ५.७० प्रतिशत धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७६ करोड ९० लाख २४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

यस्तै, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि ७.३५ प्रतिशतले बढेर ४८ करोड ५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा  ४४ करोड ७५ लाख ९४ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ, जगेडा कोषमा १ अर्ब ३१ करोड ६० लाख ३ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ५० रुपैयाँ ९५ पैसा र प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ ०८ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb7c48ce7a75.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको