अर्थ संसार काठमाडाैं - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा ६ करोड ५८ लाख १७ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५.७२ प्रतिशत धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले ६ करोड २२ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।
यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । गत वर्ष कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ७ करोड २ लाख १६ हजार रुपैयाँ रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस