Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले झनै उकास्याे ग्लोबल आइएमई बैंकलाई

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १० : ४९ मा प्रकाशित

जनता बैंकले झनै उकास्याे ग्लोबल आइएमई बैंकलाई

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ७० करोड २६ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ४४ दशमलव ३६ प्रतिशतले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ८७ करोड २१ लाख २४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी मर्जर अवधिसम्म जनता बैंकले कमाएको नाफा समेत जोड्दा बैंकको खुद नाफा ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । जनता बैंकले ग्लोबल आईएमईसँग मर्ज हुनुभन्दा पहिले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ६ अर्ब रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा ६२.७८ प्रतिशत अर्थात २ अर्ब ३२ करोड रूपैयाँले धेरै हो । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी २ रुपैयाँ ०७ पैसाले घटेर २२ रुपैयाँ १६ पैसा  रहेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ नेटवर्थ १५० रुपैयाँ ६५ पैसा रहेकाे छ । बैंककाे चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँबाट बढेर १८ अर्ब ९७ कराेड र जगेडा कोष पनि ३ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी, चैत्र मसान्तसम्ममा बैंकले सञ्चालन नाफा ४३.२६ प्रतिशतले बढाएर  ३ अर्ब ७९ करोड ५२ लाख ३५ हजार रुपैयाँ पुर्याएकाे छ ।

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eba32016ec5a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको