Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा अझै बढ्दै काेराेना संक्रमित

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १४ : ०० मा प्रकाशित

भारतमा अझै बढ्दै काेराेना संक्रमित

अर्थ संसार, काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको छ ।

भारतमा कोभिड १९ बाट संक्रमित हुने व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । गत २४ घण्टामा मात्र भारतमा ३ हजार ६०५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैगरी, काेराेना संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको छ ।याे सँगै भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरूको सख्या २ हजार २९३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका विरामीको संख्या २२ हजार ४५४ जना रहेको पनि उक्त मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा काेराेनाबाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । त्यहाँ मात्र २३ हजार ४०० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । यस संक्रमणबाट महराष्ट्रमा ८६८ को मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ८ हजार ५४१ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । यहाँ यस संक्रमणबाट भने ५१३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, तामिलनाडूमा ८ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस संक्रमणबाट २ हजार भन्दा बढी निको भएका छन् भने यहाँका ५३ जनाको ज्यान गएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ७३३ जना विरामी छन् । यहाँ ७३ जनाको ज्यान गएको सो मन्त्रालयले जनाएको छ । त्यसैगरी दिल्लीका संक्रमितमध्ये २ हजार १७३ जना निको भएका बताइएको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको