Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई पे र मिस वल्र्ड नेपाल अनुष्काबीच सहकार्य

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १२ : ४३ मा प्रकाशित

आईएमई पे र मिस वल्र्ड नेपाल अनुष्काबीच सहकार्य

अर्थ संसार, काठमाडौं – विश्वभर फैलिएको महामारीले विश्वका हरेक मानव जीवनलाई आँधीको चपेटामा पारेको अवस्थामा, मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठले नेपालको काम गर्नलाई युवाहरूलाई पुनःजोड्ने प्रयास स्वरूप एक पहलको शुरूवात गरेका छन् ।

देशका युवाहरूलाई शिक्षित बनाउने र जागृत गराउने यो पहलमा सहकार्य गर्न पाएकोमा हर्षित भएको आईएमई पेले जनाएकाे छ । आउँदो ३ हप्तासम्म अनुष्का श्रेष्ठले समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरूका साथ संवाद गर्नेछिन् ।

अनुष्का श्रेष्ठलाई उनको पहलका बारेमा कुरा गर्न आफ्नै सामाजिक सञ्जालमा अग्रसर गरेको छ, देशको युवा हुनुको नाताले हरेक व्यक्ति आफ्नो राष्ट्र र आफ्नो वरपरप्रति भिन्न गर्ने चाहना राख्दछन् तर सबैभन्दा पहिले सबैजनाले समस्यालाई गहनतापूर्वक अध्ययन गर्न र यसको वर्तमान अवस्थालाई बुझ्नु जरूरी हुन्छ । यसर्थ यस देशको लागि काम गर्नलाई वहाँ आफै लगायत युवाहरूलाई पुनःजोड्ने प्रयासमा आगामी ३ सातासम्म उनले नेपाललाई आज राम्ररी बुझेका विभिन्न विज्ञ व्यक्तित्वहरूसँग सम्वादलाई अघि बढाउने छिन् ।

यसैगरी, यस शोको शिर्षक #Reconnecting रहनेछ, जुन अनुष्का श्रेष्ठको फेसबुक पेज र युट्युब च्यानलका साथै आईएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुनेछ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको