Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै एनएमबि बैंक : खुद नाफा झन्डै २ अर्ब पुग्याे

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १२ : २३ मा प्रकाशित

नाफामा अब्बल बन्दै एनएमबि बैंक : खुद नाफा झन्डै २ अर्ब पुग्याे

अर्थ संसार, काठमाडौं – एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ८८ करोड ३२ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १४ दशमलव ०६ प्रतिशतले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ६५ करोड ११ लाख २६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब २९ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा ३८.८३ प्रतिशत अर्थात १ अर्ब २० करोड रूपैयाँले धेरै हो । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ३ अर्ब ९ करोड ४१ लाख ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यसैगरी, चैत्र मसान्तसम्ममा बैंककाे सञ्चालन नाफा २०.१२ प्रतिशत अर्थात ४७ करोड २७ लाख रूपैयाँले घटेर १ अर्ब ८७ करोड ६४ लाख ५९ हजार रूपैयाँमा झरेको छ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ८३ पैसा, चुक्ता पूँजी १३ अर्ब ९५ करोड ९ लाख रूपैयाँ र जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।  

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eba44db457fd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको