Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना अपडेट : कोरोना आशंकामा २२३६ जनाको परीक्षण, कुन प्रदेशमा कति संक्रमित ?

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १७ : १३ मा प्रकाशित

कोरोना अपडेट : कोरोना आशंकामा २२३६ जनाको परीक्षण, कुन प्रदेशमा कति संक्रमित ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लाे २४ घन्टामा २ हजार २ सय ३६ जनाको नमूना परीक्षण भएको जानकारी दिएकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ७८ हजार ५ सय ९१ जनाको नमूना परीक्षण भएको जानकारी दिएका छन् ।

जसमध्ये, १८ हजार ९ सय ६४ जनाको पिसिआर विधिबाट र ५९ हजार ६ सय २७ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी विधी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

यस्तै, मन्त्रालयलका अनुसार हालसम्म प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ७३ जना, बागमतीमा ६ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा ७० र सुदूरपश्चिम प्रदेशमा ५ जना गरेर कुल १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने हालसम्म कोरोना संक्रमण देखिएको छैन । 

त्यसैगरी, उनले हालसम्म १२ हजार ७ सय ८५ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा एक जना र बाहिर २२७ जना गरी कुल २२८ जना आइसोलेसनमा रहेका छन् । 

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म संक्रमितमध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला रहेको जनाएकाे छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको