Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंककाे किन घट्याे नाफा ?

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १५ : ३४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंककाे किन घट्याे नाफा ?

अर्थ संसार, काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षकाे तुलनामा बैंककाे खुद नाफा घटेकाे छ । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद नाफा २ अर्ब ४९ करोड ५५ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २.७३ प्रतिशतले थाेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले २ अर्ब ५६ करोड ५६ लाख ३८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद व्याज आम्दानी ७.६५ प्रतिशतले घटेर ४ अर्ब ५३ करोड ५९ लाख ५२ हजार रुपैयाँमा झरेको छ । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ४ अर्ब ९१ करोड १७ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यसैगरी, तेस्रो त्रैमाससम्ममा बैंककाे सञ्चालन नाफा ३.३० प्रतिशतले घटेर ३ अर्ब ५६ करोड ५७ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधीमा बैंकले ३ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंककाे चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ, जगेडा कोषमा ११ अर्ब ५७ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको