Like us!
Follow us!
Connect us!
Watch us!

थप ११ जनाकाे आरडिटी पोजेटिभ

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १७ : १३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - नेपालमा थप ११ जनाकाे आरडिटी पोजेटिभ देखिएकाे छ । प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको हाे ।

क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई आरडिटी गर्दा पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिएका छन् ।

त्यस्तै, आरडिटी पोजेटिभ देखिएपछि उनीहरुसँगै रहेका २८ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको