Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब नाफा रहेकाे एनसीसी बैंककाे कति छ चुक्ता पूँजी ?

निशा हुमाँगाई

मंगलबार, ३० बैशाख २०७७, १८ : ०७ मा प्रकाशित

१ अर्ब नाफा रहेकाे एनसीसी बैंककाे कति छ चुक्ता पूँजी ?

अर्थ संसार, काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एनसीसी बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब १६ करोड ५८ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ०.१५ प्रतिशतले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब १६ करोड ४० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ५० करोड ६२ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा १२.३४ प्रतिशतले धेरै हो । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले २ अर्ब २३ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यसैगरी, चैत्र मसान्तसम्ममा बैंककाे सञ्चालन नाफा ०.४२ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४४ लाख १५ हजार रूपैयाँ पुगेको छ । गत वर्षकाे यसै अवधि सम्ममा बैंककाे सञ्चालन नाफा १ अर्ब ६३ करोड ७४ लाख ८८ हजार रूपैयाँ रहेकाे थियाे ।

यस्तै, बैंककाे प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ४८ पैसा, चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब १२ करोड ४० लाख रूपैयाँ रहेको छ ।  

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eba95ed9ed9f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको