Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे आयाे कामना सेवा बैंककाे तेश्राे त्रैमासकाे वित्तीय विवरण (सूचीसहित)

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १५ : ०५ मा प्रकाशित

यस्ताे आयाे कामना सेवा बैंककाे तेश्राे त्रैमासकाे वित्तीय विवरण (सूचीसहित)

अर्थ संसार, काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार बैंकले तेस्रो त्रैमाससम्म आइपुग्दा २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १.६२ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले २१ करोड २० लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ८५ करोड ७१ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा २५ करोड ४९ लाख रुपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ६० कराेड २१ लाख ४४ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यस्तै,  तेस्रो त्रैमाससम्ममा बैंककाे सञ्चालन नाफा ३० करोड ६३ लाख ९८ हजार रूपैयाँ रहेकाे छ । उक्त नाफा गत वर्षकाे तुलनामा ४३ लाख ९० हजार रुपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंककाे सञ्चालन नाफा ३० कराेड २० लाख रुपैयाँ रहेकाे थियाे ।

त्यसैगरी, बैंककाे चुक्ता पूँजी २ अर्ब ५४ करोड रुपैयाँ, जगेडा कोषमा ७० करोड ५८ लाख र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा रहेकाे छ ।  

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5ebbbc317025b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको