अर्थ संसार, काठमाडौं – त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । याे सँगै अस्पतालमा खैलाबैला मच्चिएकाे छ ।
न्युरो सर्जरी वार्डमा गत मंगलबार भर्ना गरिएकी ६ बर्षिया बालिकामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले जानकारी दिएका छन् ।
ती बालिकालाई कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उनी ईएनटी सम्बन्धी बिरामी हुन् ।
त्यसैगरी, हालसम्म अस्पतालले यसबारेमा अधिकारिक धारणा राखिसकेको छैन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस