Like us!
Follow us!
Connect us!
Watch us!

जापानबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरू

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, १६ : २३ मा प्रकाशित

जापानबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरू

अर्थ संसार, काठमाडौं - इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरू गरेको छ ।

जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरू गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले दिएका छन् ।

यो सँगै अब जापानमा रहेका नेपालीहरूले इसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रूपले रकम पठाउन सक्नेछन् । आगामी दिनहरूमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरू गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए ।

जापानबाट कारोबार सुरू भएसँगै प्रबन्ध निर्देशक कोइरालाले भने ‘ हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहनु भएका नेपालीहरूले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नु हुनेछ । अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नु पर्ने बाध्यात्मक अवस्था आएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ । ’

त्यस्तै, इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रूपमा स्थापना गर्नु आफुहरूको उदेश्य रहेको कम्पनीको भनाई छ । इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको