अर्थ संसार काठमाडाैं - नेपालमा थप एक जना काेराेना भाइरसका संक्रमित निकाे भएर घर फर्किएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत उदयपुर भुल्केका ३५ वर्षीय पुरुष कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन् ।
उनलाई काेराेना संक्रमणकाे २७औं दिनमा डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । उनको पछिल्लो समय गरिएको कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपश्चात आज डिस्चार्ज गरिएको हो ।
त्यस्तै, याे सँगै नेपालमा काेराेना संक्रमणबाट निकाे भएर घर फर्किनेकाे संख्या ३६ पुगेकाे छ । हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या २५८ जना पुगेकाे छ । जसमध्ये, २१० जना पुरुषहरु र ४८ जना महिलाहरु रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस