एककाे मृत्यु, थप २ जनामा संक्रमण
अर्थ संसार, काठमाडौं - अब नेपालीले थप सचेत हुने बेला आएकाे छ । किनकी नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ ।
यसैगरी, मन्त्रालयका अनुसार नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।
धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस