अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ३७५ जना पुगेकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं‚ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ धरान‚ भेरी अस्पताल‚ नेपालगञ्ज र कोशी अस्पताल‚ विराटनगरमा गरिएको परीक्षण अनुसार धनुषामा २ जना, खोटाङमा १ जना, बाँकेमा १२ जना, दैलेखमा १ जना, झापामा १ जना र सुनसरीमा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस