अर्थ संसार, काठमाडौं – हिजाे (मंगलबार) कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाको फोहर ओसार्ने गाडीका चालक भएको खुलेको छ ।
भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलका ४२ वर्षीय पुरुष काठमाडौं महानगरपालिको फोहोर बोक्ने गाडीका चालक रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिएका छन् । संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकिएको उनले बताए ।
त्यसैगरी, प्रजापतिका अनुसार उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । यसअघि पनि भक्तपुरमा एक महिला र पुरुषमा काेराेना संक्रमण देखिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस