Like us!
Follow us!
Connect us!
Watch us!

व्याजमा छुट दिँदै नेपाल बैंक

निशा हुमाँगाई

बुधबार, ०७ जेठ २०७७, १५ : ३४ मा प्रकाशित

व्याजमा छुट दिँदै नेपाल बैंक

अर्थ संसार, काठमाडौं – नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम व्याजदरमा दुई प्रतिशतले छुट दिने भएको छ ।

कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिन निर्देशन दिइएको थियो ।

यस्तो छुट त्रैमासिक व्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, व्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको व्याजमा २ प्रतिशतले छुट पाउने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताएका छन् । 

त्यस्तै, वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ ।

यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधारदर बराबरकै अर्थात् ७.८२ प्रतिशतकै न्यूनतम व्याजदर सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको