अर्थ संसार, काठमाडौं – पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ ।
पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९ का विभिन्न तीनवटा क्लष्टरमा महानगर कर्मचारी, स्वास्थ्यकर्मीसहित विभिन्न क्षेत्रबाट पोखरा भित्रिएका ५६ व्यक्तिको मङ्गलबार आइडिटीबाट कोरोना परीक्षण गरिएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार नमूना सङ्कलनका लागि उनीहरुमा आरडिटी परीक्षण गरिएकामा चार जनामा इन्डिबढी देखिएकाे हाे । मङ्गलबार ५६ जनाको र्यान्डम परीक्षण गरेकाेमा, चार जनामा आरडिटी परीक्षण पोजेटिभ देखिएपछि स्वाब सङ्कलन गरेर पठाइएकाे उनले बताए ।
त्यस्तै, आरडिटी पोजेटिभ देखिएकाको पिसीआर विधिबाट परीक्षण गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा थ्रोट स्वाब सङ्कलन गरी पठाइएको छ भने उनीहरुलाई छुट्टै निगरानीमा राखिएको उनको भनाइ छ । महाशाखाले आज पोखरा-२५ हेमजारमा परीक्षण सञ्चालन गरेको छ । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस